सुवाश मंडल
सर्लाही ५ साउन । सर्लाहीको बलरा नगरपालिकाले एउटा फेरि सराहनीय काम गरेका छन । पालिका भित्र रहेका सबै वडा सचिवहरु लाई पालिकाले एउटा् कार्यक्रम बीच शनिबार ल्यापटप वितरण गरेका छन् । रबॉयोमीट्रिक फिंगरप्रिंट बाट नवीकरण गर्न लाई मध्य नजर गर्दै नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले सो ल्यापटप वितरण गरिएको छ् ।
यो भन्दा पहिला पनि काम गर्न लाई छिटो र सजिलो बनाउनको लागि पालिका भरिका सबै स्वास्थ्यकर्म लाई नगर प्रमुख कुशवाहाले ल्यापटप वितरण गरेका थिए । पालिकालाई उचाई सम्म पुर्याउन र देशमा पलिकाको पहिचान बनाउन नगर प्रमुखले सधै सकारात्मक रुपमा काम गर्दै आईरहेका छन । प्रमुख प्रशासकीय अधिकृत सुशील साहले भन्ने यस्ता यस्ता काम गर्न सफल पार्नमा हामी सबैको साथ र सहयोगको प्रतिफल हो ।
ल्यापटप वितरण कार्यक्रममा नगर प्रमुख रामशंकर प्रसाद कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, उप -प्रमुख कोशिका देवी, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यगरु,पालिकाका कर्मचारीहरु,सबै सचीवहरु र एम.आई.एस. ओपरेटर का कर्मचारीहरुका साथीहरु को उपस्थिति रहेका बलरा नपा पञ्जिकरण शाखाका कर्मचारी राकेश कुमार साहले जानकारी दिए ।

