Home मुख्य समाचार रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर आमा र छोराको मृत्यु ।

रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर आमा र छोराको मृत्यु ।

रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर आमा र छोराको मृत्यु ।

रौतहट, २२ असोज । रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर आमा र छोराको मृत्यु भएको छ।

रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं ७ नरकटिया टोलमा बस्ने राजेश साहकी ३५ बर्षीय श्रीमती ललिता देवी साह र १८ बर्षीय छोरा अर्जित साहको आज आफ्नै घरमा हैण्डपाईपमा जडान रहेको बिधुत मोटरमा करेन्ट लागेर मृत्यु भएको छ ।

कपडा धुन हैण्डपाईप (कल) मा जडान बिधुत मोटर पानीको लागि साहकी श्रीमती चलाउन खोज्दा करेन्ट लागेर अचेत भएको अवस्थामा उनका छोराले आमाले बचाउन जादा जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेको थियो । उपचारको लागि प्रादेशिक अस्पताल गौर ल्याइएको हो तर आमा र छोराको मृत्यु बाटोमै भइसकेको चिकित्सकहरूले जनाएको छ ।


मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here