गरुडाका नगर प्रमुख जयसवालद्वारा झोलुङ्गे पुलको उद्घाटन ।

रौतहट ३० असाेज ।
रौतहटको गरुडा नगरपालिका ५ महमदपुरमा रहेको झाँझ नदीमा निर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । बुधबार आयोजित एक विशेष समारोहमा गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जयसवालले गरुडा र वृन्दावन नगरपालिकाको सिमानामा पर्ने यस पुलको औपचारिक उद्घाटन गरेका हुन् ।

यो पुल सञ्चालनमा आएसँगै दुवै पालिकाका हजारौं नागरिक लाभान्वित भएका छन् । मेयर जयसवालका अनुसार, झाँझ नदीको पुलले दुवै नगरपालिकाका बासिन्दा र किसानलाई खेतीपाती गर्नमा ठूलो सहजीकरण गरेको छ ।

उक्त पुलको निर्माण मधेस सरकार र नगरपालिकाको संयुक्त लगानीमा, कुल ५० लाख रुपैयाँको लागतमा सम्पन्न भएको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद मुस्ताख आलमले जानकारी दिए ।

कार्यक्रममा मेयर जयसवाल, प्रमुख प्रशासकीय अधिकृत आलम, गरुडा ५ का वडाअध्यक्ष राम विनोद जयसवाल लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

लोकप्रिय