रौतहट २३ चैत ।
रौतहटको राजदेवी नगरपालिका–९ ब्रहम्पुरी गाँउमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा ३ सय ९३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविर असल छिमेकी नेपाल पोखरा कास्कीको आयोजना र राजदेवी नगरपालिका रौतहटको सहकार्यमा भएको हो ।
शनिबार श्री माध्यमिक विधालय राजदेवी नपा, ९ ब्रहम्पुरीको परिसरमा भएको शिविरमा पेट, छाती, मधुमेह, हाडजोर्नी, दाँत, मुख, गिजा, नशा, लगायत रोगहरुको रगत परिक्षण, सुगर, हेमोग्लोविन तथा रगत समूह सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा अहम भुमिका निर्वाह गर्ने क्रियासिल युवा समाजसेवी नवीन कुमार सिंहको पहलमा भएको हो । शिविरमा चेकजाँच गराउन आएका सबै बिरामीलाई २ लाख ५० हजार बराबरको विभिन्न औषधी समेत ल्याइएको सिंहले बताएका छन ।
उक्त शिविरमा नेपाल चिकित्सक संघ केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश संयोजक डा.निरज कुमार सिंह, दाँत तथा गिजा रोग विशेषज्ञ डा. विकास कुमार पटेल र वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. नवीन कुमार सिंहले बिरामीको चेकजाँच गरेका थिए ।
यसमा सहयोग गर्ने र आफनो अमुल्य समय दिने स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दै सम्मानपत्रबाट राजदेवी नगरपालिकाका मेयर भिखारी प्रसाद यादवले सम्मान गरेका छन । अगामी दिनमा हाम्रो पालिकामा यस्तै समाज र जनताको प्रत्येक्ष लाभ हुने कार्यमा पूर्ण रुपमा सहयोग रहने उनले बताए । असल छिमेकी नेपाल पोखरा कास्कीले यो पालिकाको विभिन्न अप्रिय घटना जस्तै बाढीपीडित, आगजनी वा अन्य कुनै समस्या परेको बेला वास्तविक छिमेकी भन्ने उखानलाई प्रमाणित गर्दै सहयोग गर्दै आएको मेयर यादवले प्रशंसा गरे ।