राैतहटको फतवा विजयपुर नगरपालिका वडा नम्बर २ शितलपुरकाे छठ घाटसँगै हनुमान मन्दिरको आज एक कार्यक्रम गरी शिलान्यास गरीएको छ ।
साे वडाका वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयकाे प्रमुख अतिथ्यतामा हनुमान मन्दिरको शिलान्यास गरीएको हाे ।
चन्दन प्रसाद यादवले वडा अध्यक्ष यादवकाे राेहबरमा शिलान्यास गर्नु भएको हाे ।

वडा स्तरीय याेजनाबाट मन्दिरको निर्माण गर्न जमर्को गरीएको वडा अध्यक्ष यादवले बताएका छन् ।
गाउँमा धेरै मानिसहरूले हनुमानजीकाे पूजा गर्ने गर्छन् वहाँहरूकै माग अनुसार मन्दिर निर्माण हुन लागेकाे उनकाे भनाइ छ । यसबाट हनुमान भक्तहरूलाई पुजापाठ गर्न सहज हुने बताए ।
मन्दिर र धार्मिक पर्यटकीय स्थलकाे रूपमा रहदै आएकाे आफ्नो वडामा यस्ता मन्दिर निर्माण हुनुले बाहिरी धार्मिक पर्यटन भित्र्याउन मदत पुग्ने उनले बताएका छन् ।
वर्षाैं पुरानाे महादेव मन्दिर पनि शितलपुरमा नै रहेको छ । यहाँ सयौंको संख्यामा मानिसहरू पुजापाठ गर्न आउने गरेका छन् ।
मंगलबार शिलान्यास गरिएको साे मन्दिरकाे निर्माण कार्य यसै चालू आर्थिक वर्षमा सम्पन्न गरिने वडा अध्यक्ष यादवले बताएका छन् । वडाकाे विकास र समृद्धिका लागि आफू दिनरात लागि परेको उनकाे भनाइ छ । उनले आफनाे वडाकाे विकासका लागि कृषि बाटाेघाटाे निर्माण देखि लिएर धेरै कामहरू गरेका छन् ।
मन्दिर शिलान्यासकाे अवसरमा स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियोे ।