गाउँपालिकाका अध्यक्ष साहद्वारा झोलुंगे पुलको शिलान्यास।

रौतहट १० माघ ।

रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ०४ मा आज झोलुंगे पूलको सिलन्यास सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष अरुण कुमार साहले रक्तमाला घाट झोलुङ्गे पूलको सिलन्यास गर्नु भएको छ । कुल सन्ताउन्न लाख बहत्तर हजार एक सय नव्वे रुपैया को लागतमा निर्माण हुन लागेको उक्त पूल यसै आर्थिक बर्षम सप्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष साहले बताउनु भएको छ । वडा नम्बर ०४ मा यो झोलुङ्गे पूल बाहेक २ वटा झोलुंगे पूल निर्माणाधीन रहेको छ । सिलन्यास कार्यक्रममा वडा नम्बर ०४ का अध्यक्ष रामबाबु राय , प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश यादव लगायत स्थानीयको उपस्तिथि रहेको थियो ।

लोकप्रिय