रौतहट १२ माघ ।
सहिद दिवसमा सबैले सहिदलाई स्मरण गर्छन हुन त सहिदहरुलाई सम्झना गर्नु उहाँहरु प्रतिको सम्मान भने बुझनुपर्छ । हामी पनि समाज र राष्ट्रप्रतिका आफनो प्राण आहुति दिनु भनेको सम्पूर्ण ज्ञात तथा अज्ञात सहिदप्रति उच्च सम्मान प्रक्ट गर्दै हार्दिक श्रद्धा सुमन व्यक्त गर्ने गदछौँ । तर यसपालिको सहिद दिवस भन्दा पनि आन्दोलनमा प्रहरीको गोली खाएर मृत्युको मुखमा पुगेर पनि फर्किएका जिउदो सहिदको कथा धेरै नै दर्दनायक रहेको छ ।
रौतहटको सदरमुकाम गौरमा रहेको मुख्य कार्यालयहरुको सेवाकेन्द्र जिल्लाको अन्य ठाउँमा सार्ने सरकारको निर्णय २०७१ सालको बिरोधमा जनता र प्रहरी बिचमा ठूलो आन्दोलन भएको थियो ।
रौतहट जिल्लाको सदरमुकाम गौर भन्दा ५ किलोमिटर पूर्वपटी बागमती नदी किनारमा अवस्थित राजदेवी नगरपालिकाको वडा नं ५ हजमिनिया टोलमा बस्ने ३० बर्षीय रणवीर सिंह राजपुत २०७१ साल चैत्र महिनामा उधोग वाणिज्य संघ रौतहटको नेतृत्वमा आन्दोलन चर्किएको थियो ।
सेवा केन्द्र सार्ने क्रममा तत्कालीन मधेवादी पार्टी संघिय समाजवादी फोरम नेपाल, नेपाल सदभावना पार्टी, तमोलोप सहितका पार्टीले सेवा केन्द्र विस्तार विरोध आन्दोलन गरेका थिए ।
सोही आन्दोलनमा सबै सहभागि भएको बेला राजपुत पनि सहभागी भएका थिए । आन्दोलन भने समाजको परिर्वतनको निमित हो भने बुझेका राजपुत अग्रपन्तीको मोर्चामा भएर आन्दोलनमा तलिन्थ्य । नाराबाजी हुने क्रममा प्रहरीसँग ढुङ्गामुढा हुन थाल्यो यतिकैमा हिँसा नरोकिए संकेत पाएपछि प्रहरीले हवाई फाएर र आसु ग्यास पनि प्रहार गरेको थियो ।
मधेसवादी दलका नेताहरुले सेवा केन्द्र विस्तारको विरुद्धमा आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममा प्रहरीको ३ वटा गोली खाएर मृत्युको श्ैयामा पुगेको जिउदो सहिद सिंहलाई गौर जिल्ला अस्पतालबाट रेफर भई नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा महिनौ दिन सम्म उपचार गराएपछि घर फर्के । आफुले मरेर बाच्नको छिनलाई स्मरण गदै राजपुतले आफनो दुख पोखे ।
आन्दोलनकारी र प्रहरीको झडप फिल्मी शैली भन्दा कम थिएन । कतिबेला प्रहरीले लखेटेर प्रदर्शनकारीलाई भगाए पनि कति बेला प्रर्दशनकारीले प्रहरीलाई लखेटेको थिए । गरिब विपन्न नियमित ज्याला मजदूरी गरेर जीवन निर्वाह गर्दै आएको राजपुतका अवस्था अत्यन्तै नाजुक छ । गौर नपाको तत्कालीन वडा नं ९ बरहवा पुल नजिक प्रहरी र प्रर्दशनकारी बिच बेलुका ५ बजेको क्रममा ठूलो उग्र रुप लिएपछि प्रहरीले आसु ग्यास र प्रर्दशनकारीलाई फितलो पार्न गोली समेत चलाएको बेला राजपुतको पेटमा लागेको गोलीको कारण आन्दा समेत प्वाल पर्दा उनका आन्दा सिलाईएको छ । जसका कारण उनलाई भरि पेट खाना खानको लागि मनाही गरेको छ । आन्दालाई काटेर सिलाईएको छ । हातमा अझै पनि गोली छ अनि फलामको रड छ । आसु ग्यासको असरले आँखा समेत समस्या छ यस्ता समस्याले ग्रसित भएपछि काम गर्ने अवस्था थिएन रणवीरको काम नभएपछि दिनप्रति दिन उनको अवस्था झनझन खराब हुदै गयो ।
बाया हातको पाखुरा विच एक गोली र स्टिल अहिले पनि भित्रै रहेको छ डाक्टरको अनुसार ६ महिना भित्र स्टिल निकाल्न आउदा स्टिल र गोली दुबै निकाल्छु सल्लाह दिएको आज ७ बर्ष नाघि रहेको छ तर आफुसँग पैसा नरहेकाले अहिले पनि शरीर भित्र नै रहेको उनले बताए
मधेशबादीले सहिद वा जिउदो सहिदलाई बलिदानी दिवसको दिन मान सम्मान गर्दै आईरहेको छ तर पार्टी विशेष कार्यकर्तालाई मान सम्मान गरेको सिंहले गुनासो पोखेका हुन ।
आजको दिन मधेशीबासी दल जसपा नेपाल नेतृत्वमा मधेस प्रदेश सरकारमा रहेको छ तर आफनो ज्यानकोे ख्याल नगरी मधेश र मधेशी जनताको हकअधिकार संघीयताको लागि हासी हासी प्रहरीको गोली खाएर सहित बनेका छन म जस्तो दर्जनौ मधेशीहरु जिउदो सहिदको रुपमा जीवनसँग मर्नु कि बाच्नु भन्दै रहेका छन ।
मधेशी सहिदहरुको कारण आज देशमा संघियता आएको हो सोही अनुकुल जनप्रतिनिधिहरु च्ुानिएर आएका छन । तर सहिद वा जीउदो सहिद परिवारको २ मिनेट समय दिएर सुन्न नसक्ने यहाँका मुख्यमन्त्री, मन्त्री लगायतका जनप्रतिनिधिहरु रहेको छ ।
छोरा एक महिनाको थियो, जब म प्रहरीको गोली खाएको थिए । दुधे छोरालाई त्यो दिन देखि आज सम्म राम्रोसँग एक छाक खाना पनि खुवाउन सकेको छैन ।
मधेशवादी दल अर्थात लोसपा, जसपा नेतृत्वको सरकार र रौतहट जिल्लामा एक कृषि राज्यमन्त्री, ४ प्रदेशसभा सदस्य, ५ वटा स्थानीय पालिका प्रमुख र एक जना संघिय सांसद समेत रहेको छ तर कुनै वास्ता गरेको छैन पटकपटक आफ्नो समस्या राख्दा पनि कुनै चासो देखाएन भने आपत्ति जनाए ।
अहिले सम्म मधेश प्रदेश सरकारबाट आर्थिक सहयोगको रुपमा १ लाख मुख्यमन्त्री कार्यालयबाट प्राप्त भएको थियो भने नामको लागि धेरै कमजोर भैसी १ वटा दिएको हो जुन चाहि आर्थिक अवस्था दैनिय भएपछि सो बेचेर सामान्य उपचार गराएका उनले बताए ।
घाईते हुदा उपचार खर्च गाउँ समाज र आफन्तबाट लिएर उनले आफै गरे । उपचार खर्च कसैले दिएन । अस्पतालमा उपचाररत रहेको बेला रौतहटबाट नारायणी अस्पताल बिरगंजमा हेर्न ७ जना मधेशी दलका नेताहरु प्ुागेका थिए तर न त एक सुक्का पैसा दियो न एक केजी स्याउ समेत लिएर पुगे । आफनो अवस्था बारे जानकारी दिन वा केही व्यवस्था हुन्छ कि बिस्वास लिएर थुप्प्रै मन्त्री र नेताहरु समक्ष धाउनु परेको बताए । आफु पूर्ण रुपमा असक्त भईसकेपछि कतै श्रीमतीलाई जागिर लगाइ दिए पाए घर खर्च चलाउन सहज हुन्थयो कि आश लिएर दुखै दुख भोग्नु पर्यो ।
आफनो छोराछोरीलाई खानाको समेत व्यवस्था गर्न कठिनाई भईरहेको अवस्थामा उनीहरुलाई पढाउन आकाशको फल आखा तरि मर भने जस्तै भएको छ उनको परिवारलाई मन्त्री तथा जनप्रतिनिधिहरुले सहिद दिवसमा सहिदको लागि यस्तो गर्यो भनेर भाषण दिने गरेका छन तर सेवा केन्द्र सार्ने आन्दोलनमा ३ वटा गोली खाएर बाचेका जिउदो सहिदले अहिले दुई छाक टार्न समेत हमे हमे परेको छ उनी भन्छन आन्दोलमा मरेको भए मेरो परिवारलाई केही भएपनि पाउने थियो अनि मैले सहिदको पहिचान पाउथेँ तर मरेर बाचेकोमा उनलाई पचुतो लागि रहेको छ । घर खर्च चलाउन र आफनो छोराछोरीलाई पढाउन कतै मेरो श्रीमतीलाई व्यवस्थापन गर्न पाए हुन्थ्यो राजपुतको माग छ । आमा, श्रीमती, छोरा र छोरी गरी ५ जनाको ज्यानलाई खाना लगाउन पनि समस्या हुन थालेको छ ।
जिउदो सहिद राजपुतकी श्रीमती रोमा देवीले घर परिवार चलाउनका लागि आफनो माइतीबाट आमाबुवाबाट केही चामल, दाल, लताकपडा, आर्थिक सहयोग समते मागेर चलाइ रहेको बताईन ।अब सरकारले सहयोग गर्न सकेन भने हामी सबै परिवार मधेश प्रदेश सरकारको कार्यालय अगाडी गएर आत्महत्या गर्ने बाहेक अरु कुनै बिकल्प नरहेकौ दुख पोखिन्न ।