नगर प्रमुख मेहता द्वारा निर्माणाधीन बिधालय भवनको अनुगमन ।

रौतहट १५ माघ ।

रौतहटकाे ईशनाथ नगरपालिकाकाकाे नगर प्रमुख संतोष मेहताले बिधालय भवनको अनुगमन गरेका छन् । नगर प्रमुख मेहता सहित को टोलिले शनिबार श्री आधारभूत विद्यालय बन्जरहामा रहेको निर्माणाधीन भवनकाे निरीक्षण गर्नु भएको हो । मेयर मेहता बिकास निर्माण कार्य को लागि सधै अगाडि रहने लगनसिलता ले ईशनाथ नगरपालिकाका मा विकास निर्माण का कार्यले तिव्रता पाएको हो । मेयर मेहता ले आफ्नो नगरबासि को ईच्छ अनुरूप बिकास निर्माण का कार्य लाई सधै प्राथमिकता दिदै अगाडि बढाउने गरेका छन् । नगर प्रमुख मेहताले आफना नगरमा सडक निर्माण, सडक ढलान, भौतिक पुर्वाधार निर्माण, बिधालयमा भवन निर्माण साथै, नाला,बिजुली बतिको पनि विस्तार लगाएतका कार्य धमाधम गर्दै आएका छन ।

लोकप्रिय