जसपा नेपाल समानान्तर समिति घोषणा साहको नेतृत्वमा ।

रौतहट २२ माघ ।

रौतहटमा जनता समाजवादी पार्टी नेपालको जिल्ला समानान्तर समिति गठन आज शनिबार भएको छ।
सपा र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल एकीकरणपछि समायोजन भएको थिएन ,राजनीति पेचिलोको कारण ।
यही माघ ८ गते चपुर एक होटेलमा सिमित व्यक्तिले आफु खुशी ,नाता ,आफुले अढाएको काम गर्नेलाई समायोजन समितिमा राखेको र समानुपातिक समावेशीकरणलाई लत्याउदै गरेको समायोजन प्रति बहिस्कार गरि ईतर समुहले समानान्तर समिति गठन गरेको छ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला समानान्तर समितिको अध्यक्ष रुपेश कुमार यादव सहित १७७ सदस्यीय समिति चयन गरिएको जिल्ला सचिव अरविन्द कुमार यादवले बताएका हुन् ।
विभिन्न राजनितिक दलहरु मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल जिल्ला समायोजन समिति रौतहटका केही स्वार्थी व्यक्ति तथा समूहले विना कुनै बैठक,
छलफल नै न गरी मिति २०७८ माघ ८ गते आफना नाता गोता तथा खल्तीका व्यक्तिहरुलाई लिष्ट बनाई प्रेस विज्ञप्ती मार्फत जिल्ला समन्वय समिति घोषणा
गरेको प्रती हामी घोर भर्तसना गर्दछौं र त्यस्ता समितिमा हामीहरुले चाहेको सम्मान जनक समायोजन नगरेको र सबै वर्ग जात जाती लिङ्ग मिलाएर समायोजन नगरेको हुनाले आजैको मिति देखि तपसिल बमोजिमका समानान्तर
समिति घोषणा गर्दछौं । साथै पार्टीको विद्यान विपरित कार्य गरेको र हामी संग पटक पटक छलकपट पूर्वक बैठक राखी मनपरी गर्दै आएको हुनाले बाध्य भएर यो समानान्तर कमिटि घोषणा गर्नु परेको व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत
सम्पूर्ण पार्टीका केन्द्रिय कार्यकारणी सदस्यहरु पदाधिकारी तथा सदस्यहरु संघिय परिषदका पदधिकारीहरु तथा सदस्यहरु सम्पूर्ण पार्टीका भातुं तथा जनवर्गीय
संघठनहरुमा जानकारी गराउन जिल्ला समानान्तर समिति अध्यक्ष रुपेश कुमार साहको हस्ताक्षर सहितको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
तपसिल
पद
अध्यक्ष:१ रुपेश कुमार साह
उपाध्यक्ष
२ जय प्रकाश यादव
३ नन्दलाल राय यादव
सचिव
४ अरविन्द कुमार यादव
समितिको प्रतिलिपी तल राखिएको हो।

लोकप्रिय