पानीकाे विषय लिएर रौतहटमा दुई पक्ष विच झडप ७ जना घाईते।

रौतहट ०१ फागुन ।

कल धाराको पानी को विषय लिएर रौतहटमा दुई पक्ष विच झडप भएको छ।देवाही गोनाही नगरपालिका वर्डा नम्बर ७ यादव टोल स्थितका यादव यादव विच झडप भएको हो।
देवाही गोनाही नगरपालिका वर्डा नम्बर ७ बस्ने विलास राय यादव र मनोज यादव दुई पक्ष विच झडप भएको हो।विगत दिन देखि कल को पानी निकास विषय लिएर भन्न भन चलिआइरहेको थियो,सो समस्या समाधान गर्न आज पंचायति बसेको थियो।
पंचायतिबाट कुरा नमिल्दा झडप भएको एक स्थानीय ले बताएका हुन।देवाही गोनाही नगरपालिका ७ बस्ने मनोज यादवको कल धाराको पानी सडक माथी भएर त्यही बस्ने विलास राय यादवको घरमा छिर्नुले विवाद भएको हो।
पानीको विषय लिएर भएको झडपमा पानी छिरी घरमा पस्ने विलास राय यादव सहित ३ जनाको टाउको फुटेको,कलको पानी मनोज यादवको सहित ४ जनाको टाउको फुटेर जम्म ७ जना घाईते भएको हो।
दुई पक्ष विच भएको झडपमा ७ जना घाईते भएकोलाई गरुडा अस्पतालमा उपचारका लागि पठाइएको ईलाका प्रहरी कार्यालय देवाही गोनाही कार्यालय प्रमुखले बताएका छन् ।स्थिति समान्य रहेको छ।

लोकप्रिय