रौतहट,६ फागुन ।
छैठौ निर्वाचन दिवस २०७८ सम्बन्धमा निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरकृया कार्यक्रम रौतहटको गौरमा सम्पन्न भएकाे छ।
फागुन ७ गते परेको निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय रौतहट द्वारा आयोजना गरीएको अन्तरकृया कार्यक्रममा निर्वाचन अधिकृत छोटेलाल दास जिल्लामा मतदाताको संख्या बढढेकोले मतदान केन्द्र पनी थप हुने बताउनुभयो।
साथै चैत ५ गतेदेखि १३ गतेसम्म स्थानिय तह अनुसार अन्तिम मतदाता नामावली सार्वजनिक हुने जानकारी दिनुभयो।
उनले मतदाता परिचयपत्र नष्ट भएको वा हराएको व्यक्ति फागुन २० गतेसम्म सम्बन्धीत वडा कार्यालयको सिफारिससहित आफ्नो मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता परिचयपत्रको लागि निवेदन दिनका लागि निर्वाचन आयोग द्वारा सूचना समेत प्रकासन भएकोले सम्बन्धीत निकायमा जान आग्रह गर्नुभयो।
जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न अन्तरकृया कार्यक्रमको अध्यक्षता निर्वाचन अधिकृत छोटेलाल दासले गर्नु भयो। जिल्ला समन्वय समितिका सभापति रामएकवाल यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, आआफ्नो मन्तव्य राख्दै स्थानिय निकायकाे निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका हुन। अन्तरकृया कार्यक्रममा सुरक्षा निकायका प्रमुख, कर्मचारी, विभिन्न निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो।