जनमत पार्टीले पाच बुन्दे ज्ञापन पत्र बुझाइयो ।

अरविन्द कुमार यादव
रौतहट ,१० फाल्गुन ।

जिल्ला निर्वाचन कार्यालय ,गौर रौतहटलाई जनमत पार्टीले पाच बुन्दे ज्ञापन पत्र आज बुझाएको छ।
उपुक्क्त सम्बन्धमा बिगत दुई महिना देखि जारी किसान आन्दोलनको माग नेपाल सरकार द्वारा सम्बोधन गर्न ठोस पहल नभएकोले
१. निर्वाचन गर्नु पूर्व जारी किसान आन्दोलनको माग नेपाल सरकारद्वारा सम्बोधन गर्ने ठोस पहल गरेको हुनु पर्ने
२. निर्वाचन आयोगमा दर्ता रहेका र आयोगबाट चुनाव चिन्ह पाइसकेका दलहरूलाई स्थानीय तहको निर्वाचन २०७९ मा देशभरि नै सोही चुनाव-चिन्ह वितरण गर्नु पर्ने
३. बहुसंख्यक मतदाताहरूको पुरानो मतदाता परिचयपत्र नष्ट भएको वा हराइरहेको हुँदा सम्पूर्ण मतदाताहरूलाई पुनःमतदाता परिचयपत्र वितरण गर्नु पर्ने र नागरिकता परिचयपत्र देखाएर पनि मतदान गर्न सक्ने व्यवस्था गर्नु पर्ने
४. निर्वाचनको क्रममा निर्वाचन आयोगदेखि लिएर निर्वाचन अधिकृतहरूले कुनै पनि सत्ताधारी पार्टीहरूको पक्ष नलिई सबै पार्टीहरूसँग समान व्यवहार गर्दै निष्पक्ष रूपमा निर्णयहरू गर्नु पर्ने
५. जनमत पार्टी सदैव स्वच्छ र निष्पक्ष निर्वाचनको पक्षमा छ। त्यसैले निर्वाचनको क्रममा अरू पार्टीका नेता-
कार्यकर्ताहरूद्वारा आक्रमण गर्ने गराउने, डरत्रास देखाउने, पैसाको लोभलालच देखाउने, स्थानीय जनप्रतिनिधि वा
प्रशासनद्वारा यातना दिन लगाउने, मत खरीदबिक्री गर्ने, मत हाल्न अवरोध सिर्जना गर्ने, मतगणनामा गड़बड़ी गर्ने जस्ता
विभिन्न गैरसंवैधानिक गैरकानूनी तथा अनैतिक क्रियाकलापहरूको जनमत पार्टी घोर भत्र्सना गर्दछ र सोको लागि
जिम्मेवार निगरानी समेत गर्दै आएको छ। यस्ता गतिविधिहरू रोक्न र निर्वाचन स्वच्छ तथा निष्पक्ष बनाउनका लागि
निर्वाचन आयोगले ठोस पहल गर्नु पर्ने तथा निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्नु पर्ने ।
उपरोक्त मागहरू पूरा नगरी निर्वाचन गरिदा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुन नसक्ने हुँदा हामी सो विभेदपूर्ण निर्वाचनको प्रक्रिया रोक्न बाध्य हुनेछौं जनमत पार्टी रौतहटको जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवको हस्ताक्षर सहितको ज्ञापन पत्रमा उल्लेख गरिएको हो।
साथै श्री मन्त्री परिषद ,सिंहदरबार काठमाडौ ,श्री निर्वाचन आयोग ,काठमाडौ नेपाल र श्री जिल्ला प्रशासन कार्यालय ,रौतहट समेतलाई बोधार्थ जनाइएको पत्रमा उल्लेख गरिएको छ।

लोकप्रिय