रौतहट २१ फागुन ।
१४ औं नेपाली कांग्रेस जिल्ला अधिवेसन स्थगित गरिएको हो । काँग्रेसको राैतहट जिल्ला सभापतिका लागि हुन्नि लागेको निर्वाचन स्थगित गरिएको हो । जिल्ला निर्वाचन अधिकृत दिपक राज रेग्मी सूचना जारी गरिदै स्थगित गरिएको जानकारी गराउनु भएको हो ।
नेपाली काँग्रेस रौतहटको १४ औं जिल्ला अधिवेसन शनिबार बिहान ९ बजे देखि मतदान सुरु हुने भनिएको थिएँ । तर प्राविधिक तक्निकी देखाउँदै अधिकृत रेग्मीले आधिकारिक रूपमा निर्वाचन अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित गरिएको नेपाली काँग्रेस निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएका छन् ।
हृदयनारायणको प्यानलमा उपसभापति महताब आलम, बिनोद गुप्ता सचिव रामचन्द्र गीरी रहेका छन् भने, सुनिल यादवको प्यानलबाट उपसभापति धिरेन्द्र कुमार सिंह र राम लोचन साह कलवार रहेका छ ।रौतहट जिल्लाको क्षेत्र नं ३ मा मतदानलाई मतदान कार्ड उपलब्ध नगराइएकोले आन्तरिकमा विवादकाे भएका कारण निर्वाचन स्थगित भएको हो ।
काँग्रेसकाे जिल्ला सभापतिकाे निर्वाचनलाई लिएर काँग्रेस काे नेता कार्यकर्ताहरू धेरै उत्साहित थिए । निर्वाचन स्थगन भएको खबर आए सँगै काँग्रेसकाे कार्यकर्ताहरूमा अन्याैलता छाएकाे छ ।