रौतहटबाट स्रोत नखुलेको १८ लाख रुपैँया सहित एक जना पक्राउ ।

रौतहट २७ फागुन ।

रौतहटबाट स्रोत नखुलेको रकम सहित रौतहटबाट एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।भारतको बिहार राज्यको पूर्वी चम्पारन मोतिहारी थाना महगुआ २ घर भएका ४५ वर्षीय दिपनारायन प्रसादलाई अवैध रकमसहित आज दिउँसो हिरासतमा लिएको प्रहरीले जनाएको छ ।गोप्य सूचनाका आधारमा सशस्त्र बल ११ नम्बर गण हेडक्वार्ट रौतहटबाट खटिएको टोलीले जिल्लाको बौधिमाई नगरपालिका ९ सरमुजवाबाट प्रसादलाई पक्राउ गरिएको छ ।सवारी चेकजाँच गर्ने क्रममा द्यच् ०५ थ २९७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई रोकी चेक गर्ने क्रममा टुलबसमा हेलमेटको भित्र र सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । १ लाख मूल्य बराबरको मोटरसाइकल र अवैध रकमसहित पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।त्यसतै गत असोज १० गते रौतहटको ईशनाथ नगरपालिका–२ औरैयाबाट श्रोत नखुलेको साढे चार लाख रुपैंया सहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । रौतहटको इशनाथबाट भारत तर्फ जादैं गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४ लाख ५१ हजार नगद सहित ईशनाथ नगरपालिका ३ का निरज कुमार साह र रामचन्द्र राउतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि बिनोद घिमिरे जनाएको थियो । रौतहटमा पनि अबैध कारोबारीको रुपमा परिचित हुदैँ गईरहेको छ । प्रहरीले जति सक्रिय हुँदा पनि अबैध तस्करी गर्ने तस्करहरुको रजगज बढदैँ गईरहेको छ । रौतहटको ईशनाथ नगरपालिकाबाट यो भन्दा अधि पनि नेपालमा प्रतिबन्धित भारतिय रुपैँया सहित पक्राउ परेका थिए । त्यसतै गत भदौँ ३ गते पनि ईशनाथ नगरपालिका वार्ड नं।१ बंजरा टोलको लाल बकैयाको बाधमा चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेको रौतहट जिल्लाको गौर नगरपालिका वार्ड नं।४ टिकुलिया बस्ने अन्दाजी ३० बर्षको सुखाडी सहनी र स्थानिय गरुडा नगरपालिका वार्ड नं।१ जयनगरको अन्दाजी बर्षको ३५ को अनिल भन्ने बिकास साहलाई श्रोत नखुलेको भारतीय रुपैयाँ १, ८३,५००। एक लाख त्रिरासी हजार पाँच सय रुपैँया सहित फेला परेको थियो ।

लोकप्रिय