बौधिमाई नगरपालिकाको मेयर प्रत्यासी जयसवालद्वारा आयोजित होली मिलन समारोह सम्पन्न।

रौतहट ०२ चैत ।

नेपाली कांग्रेस बौधिमाई नगर कार्य समिती द्वारा आयोजित होलि मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ। बौधिमाई नगरपालिकाका मेयर प्रत्यासी तथा जनताहरुको मन मुटुमा बस्न सफल नेपाली कांग्रेसका युवा नेता राजन बाबु जयसवालको आयोजनामा आयोजित सो कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ। जनताहरुको सुख दु:ख मा साथ दिने तथा जनताहरुको माझ रहन रुचाउने बौधिमाई नगरपालिकाका जनप्रीय नेता राजन बाबु जयसवाल द्वारा आयोजित उक्त कार्यक्रममा रौतहट जिल्ला भरिका नेपालि कांग्रेस पार्टिका नेता कार्यकर्ताहरु उपस्थित भएका थिए।
सो होलि मिलन समारोह कार्यक्रममा रौतहट जिल्ला नेपाली कांग्रेस १४ औ अधिवेशनबाट नवनिर्वाचित पार्टीका जिल्ला सभापती ,उप-सभापती , पार्टी बाट निर्वाचित सचिव ,उप-सचिव लगायत विभिन्न पदमा निर्वाचित भएका सम्पुर्ण नेतागणहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा २०७४ को स्थानिय निर्वाचनबाट निर्वाचित विभिन्न नगरपालिका , गाउँपालिकाका प्रमुख,उप-प्रमुख लगायत वाड अध्यक्षहरुको उपस्थिती थियो। आफ्नो पार्टी लाई जिल्ला भरिकै अधिकान्स नगरपालिका , गाउँपालिकाका प्रमुख ,उप-प्रमुख , वडा अध्यक्ष लगायत वाड सद्स्यहरुलाई कसरी बिजय प्राप्त गराईन्छ भन्ने योजनाको साथ आफुहरु अब अगाडि बढने हालै मा निर्वाचित पार्टिका जिल्ला सभापती जितेन्द्र उर्फ सुनिल यादवले बताएका थिए। सो कार्यक्रमा आ-आफ्नो मन्तव्य राख्दै विभिन्न नेता कार्यकर्ताहरुले आफ्नो पार्टी प्रती इमन्दार भई योजनाबद रुपमा कार्य गर्न अनि जनताहरुलाई चाहिने सम्पुर्ण सहयोगहरु गरिने प्रण पनि गरेका छ्न।आउदो निर्वाचनमा बौधिमाई नगरपालिकामा नेपाली कांग्रेसको मेयरको आवश्यकता रहेको स्थानियहरु नै आउदो निर्वाचनमा मेयर पदको लागि उमेदवारी दिन्न भनिरहेको भन्दै स्थानियहरुको साथ र सहयोगले अझ सकृय भई यहाँ का जनताहरुको सेवा तथा सुख,दु:खमा साथ रहेने अवसर पाए यस नगरपालिकाको अवस्थानै परिवर्तन गर्ने भन्नू भएको छ। उक्त कार्यक्रमा बोल्दै नेपाली कांग्रेसका रौतहट जिल्लाका पार्टी जिल्ला सचिव रामचन्द्र गिरि आफ्नो पार्टिका सांसद तथा अहिले करागार जीवन बिताउदै बसेका अफताब आलम लाई आफुहरु छिटै भन्दा छिटै आफुहरु माझ ल्याउन प्रयास गरिरहेको र छिटै नै आफ्नो पार्टिका सभापती , तथा प्रधानमन्त्री शेर बहादुर देउवा संग १४ औ महाअधिवेशनबाट निर्वाचित सभापती,उपसभापती लगायत सकार्यसमितीका सम्पुर्ण सद्सयहरु मिलि यस बिषयमा छ्लफल गरि आफ्नो क्षेत्रका शेर तथा आफुहरुको मशिहा लाई करागार मुक्त गराउने बताएका थिए।

लोकप्रिय