रौतहट १८ चैत ।
लोकतान्त्रिक समाजवादी पार्टीको भातृ संगठन लोकतान्त्रिक युवा संघ नगर वडा गठन सम्पन्न भएको छ ।
जिल्लाको गौर नगरपालिका वडा नं ६ सबगढा टोलमा आज बिहानै ३१ सदस्य “युवा समिति गठन” कार्यक्रम सम्पन्न गरिएको छ । वडाअध्यक्ष शेख जमशैद आलमको अध्यक्षतामा युवा भेला गरि लोकतान्त्रिक समाजवादी पार्टीलाई मजबुत र जनसमुदायको सेवामा तत्पर तयार रहन उदेश्यले अब हर घरबाट युवा पुस्ता आफ्नो हकअधिकारको लागि आवाज उठाउनुको साथसाथै राजनीतिकमा सकृय रूपमा भुमिका निर्वाह गरिने दृड संकल्प मनमा राखि समृद्ध समाज बनाउनको लागि गठन गरिएको जिल्ला अध्यक्ष ओमप्रकाश साह मधेशीयाले बताए ।
देशको मेरुदण्डको रूपमा चिनिने युवालाई ठाउँ-ठाउँमा दबाउने अगाडि बढ्न नदिने जुन प्रवृत्ति चलिरहेको छ त्यसलाई अन्त गर्न लोकतान्त्रिक युवा संघको निर्माण भएको हुनाले यसमा सबै निर्धक्क भई लाग्न अध्यक्ष साहले आग्रह गरे ।