सर्लाही २१ चैत ।
सर्लाहीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा लालबन्दी नगरपालिका-२ निवासी २५ वर्षीय चन्दु पासवान रहेका छन्। आईतबार बिहान सर्लाहीको लालबन्दी नगरपालिका-१७, स्थित कालिञ्जोर पुलको पूर्वी मुखमै पूर्वबाट पश्चिमतिर आइरहेको ना. २९ प २४३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना. ५ ख ८४८५ नम्वरको ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । ट्रकको ठक्करबाट पासवान गम्भीर घाइते भएका थिए। घाइते भएका उनलाई मोडेल अस्पताल लालबन्दीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि जनकपुर लैजादै गर्दा बाटैमा मृत्यु भएकाे सर्लाही प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएकाे प्रहरीले जनाएकाे छ ।