जनताकाे लहर साथ मेयर पदमा पुन: अजय गुप्ताले उम्मेदवारी दियाे।

रौतहट ११ वैशाख।

जनताकाे लहर साथ मेयर पदमा पुन: अजय गुप्ताले उम्मेदवारी दिएका छन् । वैशाख ३० गते हुन गइरहेकाे स्थानिय निर्वाचनका लागि गुप्ता लाेकतान्त्रिक सामाजवादी पार्टीबाट मनाेनयन दर्ता गराएका छन् । हजाराैं जनताका साथ उनी र लाेसपा प्यानेलबाट उपमेयर , वार्ड अध्यक्षका उम्मेदवारहरु मनाेनयन दर्ता गराउन निर्वाचन कार्यालय गाैर पुगेका थिए । गाैर नगरपालिकामा गरेकाे विकाशकाे फलस्वरुप हामी पुन: उम्मेदवारी दर्ता गराएका छाैं । निर्वतमान नगरप्रमुख अजय गुप्ता भन्छन् ,”निर्वाचन आयाेगले जारी गरेकाे आचारसंहिताकाे पूर्ण पालना गर्दै, कानुनकाे सम्मान गर्दै हामी घर दैलाे कार्यक्रम गरेर जनताकाे मन जिति रेहका छाैं । वैशाख ३० गते हुने स्थानिय निर्वाचनका आज राैतहटकाे सदरमुकामकाे गाैर नगरपालिकामा निर्वतमान नगरप्रमुख अजय गुप्ताे मनाेनयन दर्ता गराएका छन् । हजाराैँ जनताकाे जन सहलावले उनकाे पक्ष बलियाे रहेकाे प्रमाण दिन्छ ।

लोकप्रिय