रौतहट १५ बैशाख ।
रौतहटको वृन्दावन नगरपालिकाको नेकपा एकीकृत समाजवादी पार्टीका मेयर पदका उम्मेदवार विनोद प्रसाद पटेलले आफनो जित सुनिश्चित रहेको दावी गरेका छन् ।
समृद्ध र विकसित नगरपालिका बनाउने लक्ष्यका साथ उम्मेदवारी दर्ता गराएका पटेलले आफनो विकासको योजना देखेर जनताले आफुलाई विजयी गराउने बताएका छन ।
आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीबाट विनोद पटेल र कांग्रेसबाट राम स्नेही यादवले मेयर पदमा भिडदैछन ।
आफनो पक्षमा जनताको अपार जनलहर रहेकोले आउँदो निर्वाचनमा आफु जितेरै छाड्ने उनले दावी गरे ।
नगरमा आफना पकड बलियो रहेकोले आफना जित निश्चित रहेको कारण निर्धक्क भएर नेकपा एसको चुनाव चिन्ह् कलम छापमा मोहर लगाई आफुलाई अत्याधिक मतले विजयी गराउन उनले सबैलाई आग्रह गरेका छन् ।
आफु चुनाव जितेपछि सबभन्दा पहिला शिक्षालाई सुधार गर्ने, टोल टोलमा भरपर्दो उपचारका लागि राम्रा होस्पिटलको स्थापना गर्ने, पुर्वाधार निर्माणको कामदेखी लिएर जनतालाई सहज हुने अन्य कामकाज गर्ने उनले प्रतिवद्धता जनाएका छन ।
यसअघिका मेयर रामस्नेही यादवले विकासको नाममा नगरपालिकामा लुटतन्त्र मच्चाउनुका साथै नगरलाई भ्रष्टाचारको अखाडा नै बनाएको र जनताको आवश्यक्ता एवं चाहना अनुसारको काम गर्न नसकेकोले आउँदो चुनावमा जनताले उनलाई पराजित गरेर राम्ररी सबक सिकाउनुपर्ने उनले धारणा राखे ।
यादवको कामबाट यहाँका जनता आजित भइसकेकाले आउँदो चुनावमा उनलाई कुनै पनि हालतमा भोट दिने पक्षमा जनता नरहेको उनले दावी गरे ।
वृन्दावनमा यसपटक विनोद पटेल र रामस्नेही यादवबीच नै भिडन्त हुने आकलन गरिएको छ ।
यसअघि कांग्रेसबाटै मेयरमा निर्वाचित रामस्नेही यादव फेरी दोश्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन ।
यादवलाई एकपटक मौका दिसकेकोले आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा समाज परिवर्तन गर्ने र भ्रष्टाचारलाई जराबाटै उखेलेर फाल्ने सोच राखेका विनोद पटेललाई साथ दिएर जिताउने भनी नगरमा चर्चा परिचर्चा शुरु भएको छ ।
पटेल आफैमा धेरै मजबुत र ठुलो जनमत भएको नेताको रुपमा चिनिन्छिन ।
मेयरमा रहँदा यादवले विकासको नाममा ब्रहमलुट मच्चाएको, जनताको चाहना अनुसारको काम नगरेकोले जनताहरु उनलाई साथ नदिई आफुलाई साथ दिने नेकपा एसका उम्मेदवार पटेलको दावी छ ।
रामस्नेहीको कार्यकाल जनताले देखिसकेको हुँदा अब पुनः यादवलाई नै अवसर दिने पक्षमा नगरबासी नभएको स्थानीयहरु पनि बताउँछन ।
रामस्नेहीको कार्यकालदेखि एकाधबाहेक अधिकांश नगरबासी असन्तुष्ट हुनुले पनि पुनः यादव दोहोरिँदैनन् भन्ने कुरालाई थप पुष्टि गर्छ । सरकारी सेवा सुविधा पनि केही लिँदैन भनेर करोडौँको गाडी चढ्नु र निर्वाचनताका गरेका प्रतिबद्धता एवम् खाएका कसमहरु बिर्सिएर जनतामा करको बोझ लादेका कारण पनि नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने नगरबासीको धारणा छ ।