Home मुख्य समाचार महोत्तरीमा स्रोत नखुलेको चार लाख रुपैयाँ सहित एक जनाकाे पक्राउ ।

महोत्तरीमा स्रोत नखुलेको चार लाख रुपैयाँ सहित एक जनाकाे पक्राउ ।

महोत्तरीमा स्रोत नखुलेको चार लाख रुपैयाँ सहित एक जनाकाे पक्राउ ।

महोत्तरी १९ बैशाख ।
महोत्तरीबाट स्रोत नखुलेको चार लाख रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलेश्वर नगरपालिका(१२ थरुवाही बस्ने १९ वर्षीय सुजित मण्डल रहेका छन्।

भारतबाट ब्याग बोकेर पैदल नेपालतर्फ आउँदै गरेका मण्डललाई जलेश्वर नगरपालिका ३ स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार मण्डलले बोकेको ब्यागबाट चार सय थान एक हजारको नोट बरामद भएको छ ।

बरामद रकमसहित उनलाई नियन्त्रणमा लिएर जलेश्वर भन्सार कार्यालयको जिम्मा पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here