रौतहट २३ बैशाख ।
रौतहटको गढिमाई नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका छन ।गढिमाई नगरपालिकाको निवर्तमान मेयर पदको उम्मेदवार यादबको घरदैलो निस्किदा जनसैलाव नै निस्किएको देखिएको छ ।घरदैलोमा निस्किएको जनसैलाव देखेर प्रतिद्धन्द्धी हार खाने मनस्थितिमा समेत पुगेका छन ।गत पाँच सालमा निवर्तमान मेयर यादबले गरेको काम अति नै सराहनिय रहेको भन्दै जनताहरु यस पालि फेरि जिताउने परिस्थितीमा पुगेका छन ।गढिमाई नगरपालिकामा दुई पक्षिय लडाई हुने अवस्था देखिएको छ ।गढिमाईमा नेपाली काग्रेस र जनता समाजवादी पार्टी विच प्रमुख रुपमा प्रतिपर्धामा देखिएको छ ।गढिमाई नगरपालिकामा दुई पार्टी विच प्रतिष्पर्धा देखिए तापनि नेपाली काँग्रेसको उम्मेदवार श्यामप्रसाद यादवले बाजी मार्ने प्राय ः निश्चित भएको हो । विकासको काम देखि लिएर वा जनताहरुको सेवा सुविधा प्रवाह गर्नमा सबै क्षेत्रमा अब्बल रुपमा विगतको दिनमा प्रस्तुत भएका मेयर श्यामप्रसाद यादव प्रति दोश्रो कार्यकालको लागि गढिमाईको जनता पूर्ण रुपमा समर्पन भएको हुँदा उनको विजयी सुनिश्चित रहेको एक सर्वेबाट प्रष्ट भएका छन् ।श्याम प्रसाद यादवको प्रतिद्धन्दी जनता समाजवादी पार्टीका उम्मेदवार अब्दुल कलाम अजादको अवस्था खासै राम्रो नरहेको हुँदा काँग्रेसी उम्मेदवार यादवको जित पक्का देखिएको स्थानीय जनताहरु बताउँछन् । प्रदेश साँसदको रुपमा रहेका आजाद विकास निर्माणको कार्य गराउनमा निकै आर्थिक चलखेल गरेको हुँदा उनीप्रति गढिमाईको जनताहरु सकारात्मक नभई श्याम प्रसाद यादवको पक्षमा ठूलो जनलहर चलेको स्थानीय नरेन्द्र ठाकुरले बताए ।मेयर उम्मेदवार यादव बिहिबारका दिन गढिमाई नगरपालिकाको वार्ड नं.२ समनपुरमा घरदैलो कार्यक्रम गरिरहदा मधेश जन अवाज एफएमको संम्वाददाता रमेश कुमार यादबसंग कुरा गर्दै जनताको कामहरु सबै गरेको तर केही अधुरो कामहरु बाँकी रहेको हुँदा उक्त कार्य पुरा गर्न यसपाली उम्मेदवारी दिएको गढिमाई नगरपालिकाको मेयर पदको उम्मेदवार श्याम प्रसाद यादबले बताए ।गत पाँच सालमा गरेको कार्यहरु जस्तै शिक्षा ,स्वास्थ्य ,सडकको स्तरउन्नती र कुनै पनि बिकासको काम गर्दा जनताको चाहना ईच्छा अनुसार नै गरेको कारण गढिमाई नगरबासि दोस्रो पल्ट अवश्य जिताउँछ भनि विश्वस्त रहेको बताए ।पोहोर सालमा बाँकी रहेको काम यस पाली सबभन्दा पहिला पुरा गर्ने त्यस पछि जनताले चाहेको काम र जनताको हकहितमा हुने उनीहरुकै रोजाई अनुसार काम गर्ने मेयर उम्मेदवार यादबले बताए ।यहि बैशाख ३० गते हुने आसन्न स्थानिय तहको चुनावमा आफ्नो बहुमुल्य मत नेपाली काग्रेसको चुनाव चिन्ह गाछी छापमा मतदान गर्न आतुर रहेको देखिएको छ ।साथै गत समयमा भएका तिता मिठा कुराहरुलाई भुलेर आफ्नो अमूल्य मत गाछीमा स्वस्तिक छाप लगाई भारि भन्दा भारी मतले गढीमाई नगरपालिको मेयरमा पुन विजयी बिजयी गराउन गढिमाई नगरपालिका बासिसंग हार्दिक अनुरोध समेत गरेका छन ।