स्वर्गीय रामा यादव पत्रकारिता पुरस्कारको घोषणा ।

रौतहट २८ बैशाख ।

रौतहट जिल्लामा पहिलो टेलिभिजनको रुपमा संचानल रहेका रेड टिवी का संचालिका स्वर्गीय रामा यादवको प्रथम पुन्य तिथिको अवसरमा रामा यादव पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ ।
कोभिड १९ को दोस्रो लहरको बेला २०७८ बैशाख २८ गतेका दिन अल्पायुमा दुखद निधन भएकी जय रामा मिडिया प्रा लि का संचालक रामा यादवको श्रीमान नेपाल पत्रकार महासंघ रौतहटका पुर्व उपाध्यक्ष जय प्रकाश यादवले पुन्य तिथिको अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन् ।


पत्रकारिता क्षेत्रमा कार्यरत रहेका महिला पत्रकारहरुलाई प्रोत्साहित गर्ने उदेश्यले रामा यादव स्मृति प्रतिष्ठान द्वारा प्रदान गरिने सो पुरस्कारको रकम २६ हजार १ रुपैया रहेको स्मृति प्रतिष्ठानका अध्यक्ष जय प्रकाश यादवले बताएका छन् ।
प्रथम स्मृति दिवसको अवसरमा जयरामा मिडिया प्रालि गौर ५ द्वारा आयोजित घोषणा कार्यक्रममा प्रमुख आथितिको आसन्नबाट सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले प्रदेश सरकारको कार्य प्रति आक्रोश व्यक्त गर्दै मधेश प्रदेश सरकारले पत्रकार सित विभेद गरेको आरोप लगाए ।
कोरोना महामारीको बेलामा पत्रकारिता पेशामा कार्य गर्ने संचारकर्मीहरुलाई कोरोना संक्रमणबाट मृत्यु भएमा क्षतिपूर्ति दिने घोषणा गरेका मधेश प्रदेश सरकारलाइ कोरोनाबाट मृत्यु भएकी रामा यादव , मनोज कुमार चौधरी लगायतका मृतक परिवारलाइ क्षतिपूर्ति दिनु पर्ने पटक पटक दवाव दिदा पनि कुनै वास्ता नगरेको झाले बताए ।
पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममा बरिष्ठ पत्रकार विनय कुमार लालदास , नेपाल पत्रकार महासंघका पुर्व सभापति रविन्द्र प्रसाद साह , संचारकर्मी प्रभात कुमार झा राकेश कुमार यादव लगायतका पत्रकारहरुले यो पुरस्कारले स्वर्गीय रामा यादवको सम्झनालाइ सधै भरि याद आइरहने र पत्रकारिता क्षेत्रमा लागेका महिलाहरुलाई थप हौशला प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

लोकप्रिय