धनुषामा मोटरसाइकलकाे ठक्करबाट एक जनाको मृत्यु ।

धनुषा ३ जेठ ।
धनुषामा मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिका २३ लादोबेलाका स्थानीय ४० वर्षीया शिलादेवी दास रहेकी छन् ।
सोमबार बेलुकी साढे ७ बजेको समयमा बाटोमा हिडिरहेकी उनलाई जिरोमाईलबाट महोत्तरीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । घाइते भएकी उनलाई प्रादेशिक अस्पतालमा लगिएपानि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटना पश्चात् फरार भएका आरोपीहरुको खोजी भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

लोकप्रिय