रौतहट, ३ जेठ ।
रौतहटको गौर नगरपालिकाको वडा नम्बर–५ मा स्वतन्त्र उम्मेदवार निर्वाचित बनेका छन् । नेकपा एकीकृत समाजवादीले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका शिवशंकर यादव वडा अध्यक्षमा निर्वाचित बनेका हुन् । उनले ४ सय ७६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रीक समाजवादीका रामस्वार्थ राय यादवले ४ सय ४७ मत प्राप्त गरे । यस्तै, एकीकृत समाजवादीका हरेन्द्र प्रसाद कुशवाहाले ४ सय ३१ मत प्राप्त गरेका थिए । गौर नगरपालिकाको वडा नम्बर १ देखी ४ सम्म समाजवादीका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको प्रमुख पदमा एकीकृत समाजवादीका शम्भु साह ३ हजार ९ सय ७९ मतसहित अग्रस्थानमा छन् । यस्तै उपप्रमुखमा समाजवादीकै शैल कुमारी साह २ हजार ८ सय ६८ सहित अग्रस्थानमा छिन् ।