बृन्दावन नगरपालिकाका नवनिर्वाचित मेयर पटेल द्वारा पदभार ग्रहण ।

रौतहट १२ जेठ ।
रौतहटकाे वृन्दावन नगरपालिकाको दोस्रो स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट उम्मेदवार रहेका बिनोद प्रसाद कुर्मी भारि बहुमतले विजयी भएका छन् । उनले चुनावी अवधिमा जनताको घरदैलो गर्ने क्रममा गरिएको प्रतिबद्धता मध्ये सपथ ग्रहण पश्चात् पदभार ग्रहण लगत्तै बुधबार सम्पूर्ण नगरबासीको लागि पहिलो निर्णयको रुपमा वृन्दावन क्षेत्र अन्तर्गत संचालित रहेका बर्थिङ सेन्टरहरुलाई आवश्यक उपकरण सहित व्यवस्थित गरि नि:शुल्क रुपमा गर्भपरिक्षणको साथै प्रसुती सेवा उपलब्ध गराउने र सो नगरपालिका भित्रका बर्थिङ सेन्टरमा सुत्केरी गराउन न सक्दा अन्यत्र लइजानुपर्ने अवस्था सिर्जना भएमा तत्काल नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको छ।

त्यसैगरी दोश्रो निर्णयको रुपमा उनले सो नगरपालिका भित्रबाट संपादन हुने पन्जिकरण,जन्मदर्ता,विवाह दर्ता र मृत्यु दर्ता लगायत नागरिकताको सिफारिस समेत नि:शुल्क गराइने व्यवस्था निर्णय गरेका छन्।

लोकप्रिय