गरुडा नपामा नवनिर्वाचित मेयर कन्थमनी जयसवालको विजयी ।

रौतहट १३ जेठ ।
रौतहट जिल्लाको गरुडामा मेयरमा नवनिर्वाचित कन्थमनी जयसवालको विजयी जुलुस भव्य रुपमा निकालिएको छ ।
गरुडा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार र उपप्रमुखमा पुनम कुमारी चौधरी निर्वाचित भएकी छन् ।

रौतहटको गरुडा नगरपालिकामा एमालेका कन्थमनी प्रसाद कलवारले नेकपा एकिकृत समाजवादीका मेयर उम्मेदवार व्रिजकिशोर प्रसाद यादवलाई ३८ मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् । नवनिर्वाचित नगर प्रमुख कलवारले ४ हजार ५६४ मत पाउँदा यादवले ४ हजार ५२६ मत पाए ।

यस्तै, उपमेयरमा कांग्रसका उम्मेदवार रहेकी पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २२६ मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । चौधरीले ६ हजार ७०३ मत प्राप्त गर्दा देवीले ४ हजार ४७७ मत प्राप्त गरिन् । यससँगै एमालेले रौतहटमा ३ पालिकामा जित हात पारेको छ ।
गरुडा नगरपालिकाको ९ वटै वडाको मतगणना सम्पन्न भएको छ । नतिजासँगै नवनिर्वाचित मेयर जयसवालले विजयी जुलुस निकालेका छन् । उनको जुलुसमा हजारौंको संख्यामा मानिसहरु सहभागि थिए । पूर्व मन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह पनि उक्त विजयी जुलुसमा सहभागी थिए । सो विजयी जुलुस गरुडाको विभिन्न ठाउँ सम्म पुगेको थियो । सो विजयी जुलुसमा हजारौं हजारको जनलहर देखिएको थियो ।

लोकप्रिय