रौतहट, १३ जेठ ।
रौतहटको यमुनामाई गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले बिहीबार शपथ लिएका छन् । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मो. साउद (इरसाद) ले नवनिर्वाचित उपाध्यक्ष वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ गराएका हुन् । यसैबीच गाउँपालिकाका अध्यक्ष साउदले मध्यान्हसँगको कुराकानीमा पाँच वर्षमा प्रसुती गृह तथा इर्मेजेन्सीको लागि पहिलो प्राथमिकतामा एम्बुलेन्स खरिद गरिने बताए ।