सर्लाही १९ जेठ ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।जिल्लाको बागमती नगरपालिका–९, निर्माण चोकमा बुधबार दिउँसो निर्माण चोकबाट सोल्टीतर्फ गइरहेको बा ४४ प ८८३३ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा सोहि स्थानका २० वर्षीय हीरामन महराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका महरालाई हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुरतर्फ लानेक्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।दुर्घटनामा परेको मोटरसाइकल अत्यन्तै तीव्र गतिमा चलाइएको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।