कटहरिया नगरपालिकाका नगर प्रमुख जयसवालद्वारा विद्यालय भवनको शिलान्यास ।

रौतहट २३ जेठ ।

रौतहटकाे कटहरिया नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अजय प्रकाश जयसवालले विद्यालय भवनको शिलान्यास गरेका छन् । कटहरिया नगरपालिकाकाे सबै भन्दा पुरानाे २००६ सालमा स्थापना भएकाे र नगरपालिकाकाे पहिलो विद्यालयको रुपमा रहेको श्री माध्यमिक विद्यालयमा बगहीकाे भवन अभाव भएको र पुराना भवनहरु जीर्ण भइसकेको अवस्थामा नयाँ भवनको शिलान्यास गरेका छन् ।नगर प्रमुखकाे हजुर बुबाले पनि अध्ययन गरेको विद्यालय बगही भएकाेमा भवनको अभाव रहेको गुनासो बढेपछि नगर प्रमुख अजय प्रकाश जयसवालले पहिलो औपचारिक भौतिक पूर्वाधारको रुपमा विद्यालय भवनको शिलान्यास नै रोजेका हुन् । नगर प्रमुखमा निर्वाचित हुनासाथ उहाँले शिक्षा पहिलाे प्राथमिकता रहेकाेले केहि समय भित्र कटहरिया नगरपालिकाकाे पुर्ण रूपमा शिक्षामा सुधार ल्याउने प्रतिबद्धता गर्नुभएकाे छ । नगर प्रमुख जयसवालले सर्वप्रथम मा० वि बगहीका शिक्षककाे पदपुर्ति गर्ने बताउनु भयाे । पूरै अस्तव्यस्त भइसकेको माध्यमिक विधालयमा बगहीकाे सुधारको अपेक्षा गरेका स्थानीयबासीले पहिलो कामको रुपमा विद्यालयमा भवन निर्माणको शुभारम्भ गर्नुलाई शैक्षिक सुधारको संकेतको रुपमा स्थानियले लिएका छन्। छाैसठ लाखकाे लागतमा ४ काेठे भवनकाे अषाढ मसान्तसम्म निर्माण हुने बताइएको छ ।

विद्यालय भवनको शिलान्यास गरेपछी नगर प्रमुख जयसवालले तत्काल शैक्षिक अवस्थामा सुधार गर्न प्रधानाध्यापक नवल किशाेर ठाकुर तथा शिक्षकहरुलाई निर्देशन दिएका छन्। साना कक्षाका बालबालिकाले दिवा खाजाको माग गरेपछि नगर प्रमुख जयसवालले बालबालिकाका लागि तत्काल खाजाको व्यवस्था गर्न र कुनै किसिमको लापरवाही नगर्न पनि निर्देशन दिएका छन्। नगर प्रमुख जयसवाल सँगै उपप्रमुख रिता देवी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह ,वडा अध्यक्ष शहिद मिया धाेवि , पुर्व वडा अध्यक्ष हरिभजन साह,वडा सचिव जयराम साह साेही बिधालयका प्रधानाध्यापक नवल किशाेर ठाकुर,नागेन्द्र यादव,राहुल साह लगायत अन्य अभिभावक र समाजसेवीको सहभागिता रहेको थियो।

लोकप्रिय