रौतहटमा ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु ।

रौतहट ३ असार ।

रौतहटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी ईनरवा नगरपालिका–१० बस्ने ३६ वर्षीय सकल कुमार मण्डल रहेका छन् ।
बिहीबार चन्द्रपुर नगरपालिका–२ स्थित सडकमा ना.६ ख ६५५० नम्बरको ट्रकले रा.४ प ५०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मण्डल घाइते भएका थिए।

गम्भीर घाइते भएका उनको चपुर प्रालि अस्पताल हुँदै नारायणी अस्पताल वीरगन्जमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। सभार कमलपाटी डटकम

लोकप्रिय