समनपुरमा ग्यास सिलिन्डर पड्किँदा एक जना महिलाको मृत्यु ।

रौतहट ४ असार ।

रौतहटको गढीमाई नगरपालिकाको वडा नं १ समनपुर टोलमा खाना पकाउने ग्यास सिलिन्डर पड्केर एक जनाको दु:खद मृत्यु भएको छ । मृत्यु हुनेमा गढीमाई नगरपालिका १ समनपुरका बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवी रहेकी छन्। खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएपछि सहनीको घटनास्थलमै मृत्यु भएको स्थानीय राजु सहनीले जानकारी गराएका छन्। शनिबार बिहान ८ बजे ग्यास पड्किएको सहनीको भनाइ छ।
अन्य विस्तृत जानकारी आउन बाकी ।

लोकप्रिय