Home मुख्य समाचार बृन्दावन नगरपालिकाको नयाँ कार्यालय प्रमुख भुजेललाइ मेयर कुर्मीले गरे स्वागत

बृन्दावन नगरपालिकाको नयाँ कार्यालय प्रमुख भुजेललाइ मेयर कुर्मीले गरे स्वागत

बृन्दावन नगरपालिकाको नयाँ कार्यालय प्रमुख भुजेललाइ मेयर कुर्मीले गरे स्वागत

रौतहट ६ असार ।
रौतहटमा एकै दिन दुइ पालिकामा कार्यालय प्रमुख परिवर्तन गरिएको छ । जिल्लाको गौर नगरपालिका पछि बृन्दावन नगरपालिकामा हाकिम परिवर्तन गरिएको छ । सो नगरपालिकामा नयाँ हाकिम हाजिर भएका हुन् । बृन्दावन नगरपालिकाले नयाँ कार्यालय प्रमुखमा प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेलको रुपमा पाएका हो ।
आज सोमवारका दिन हाजिर हुनु भएका भुजेललाइ नगर प्रमुख बिनोद प्रसाद कुर्मीले भव्य स्वागत गरेका छन् । टिका माला लगाइ वहाँलाइ कार्यालयमा हाजिर गराइएको हो । बृन्दावन नगरपालिकाको कार्यालय विश्रामपुरमा पुगेका हाकिम भुजेललाइ नगर प्रमुख कुर्मी सहित अन्य व्यतीहरुले पनि स्वागत गरेका छन् ।
बृन्दावन नगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत भुजेलको पहिलो पटकको आगमन रहेको छ । यस अघि वहाँ जिल्लाको इशनाथ नगरपालिकामा कार्यरत हुनु हुन्थ्यो । यस अघिका कार्यालय प्रमुख नागेन्द्र यादवको ठाउँमा भुजेल आएपछि स्थानिय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here