जिल्ला समन्वय समितिकाे निर्वाचकाे लागि नेपाली काँग्रेस गठबन्ध र नेकपा एमालेले विभिन्न पदमा उम्मेदवारी गराए दर्ता ।

रौतहट ८ असार ।

जिल्ला समन्वय समिति असार १२ गते हुने गईरहेकाे पदाधिकारी निर्वाचनको लागि बुधवार नेपाली काँग्रेस गठबन्ध र नेकपा एमालेले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको साक्षा उमेदवारकाे रूपमा सभापतिमा नेपाली काँग्रेसकाे रामअयोध्या यादव, सदस्यमा अशोककुमार झा, इन्दु देवी, विजुलिया पासवान र शेख मोज्जमिल यस्तै गठबन्धन अनुसार नेकपा एसबाट उपसभापतिमा महेश बैठा, सदस्यमा किरण देवी पंडित र सरफलाल यादव तथा नेकपा माओवादी केन्द्रबाट कमला ढकाल गरेर ९ सदस्यीय उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्र गठबन्धनले मिलेर उम्मेदवार दर्ता गराएको छ भने नेकपा एमालेले एक्लै सबै पदमा मनोनयन पत्र दर्ता गराएका हुन् ।

मनोनयन पत्र दर्ता गराउनमा कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवाल गढिमाई नगरपालिकाको नगरप्रमुख श्यामप्रसाद यादव, , चन्द्रपुर नगरपालिकाको नगरप्रमुख संजय काफ्ले, वृन्दावन नगरपालिकाको नगरप्रमुख विनोद प्रसाद कुर्मी,फतुवा विजयपुर नगरपालिकाकाे नगर प्रमुख गाेपाल यादव, दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंह, नेपाली काँग्रेसको उपसभापति धिरेन्द्र सिंह, सचिवद्धय रामचन्द्र गिरी र राजेश चौधरी, जवाहर लाल यादव सहित काँग्रेस, नेकपा एस र नेकपा माओवादीका नेता एवं निर्वाचित जनप्रनिधिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी नेकपा एमालेबाट प्रमुखमा शेरबहादुर पटेल, उपप्रमुखमा प्रमिला देवी सदस्यमा कमलेश दास तत्मा, विरेन्द्र प्रसाद यादव, दलित महिला सदस्यमा कान्ति देवीको मनोनयन पत्र दर्ता गराएको एमाले नेता उपेन्द्र साहले जानकारी दिए । मनोनयन पत्र दर्ता गराउनमा गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमुनी प्रसाद कलवार, मौलापुर नगरपालिकाको नगर प्रमुख रिनाकुमारी साह, देवाही गोनाही नगरपालिकाको नगर प्रमुख प्रेमलाल साह, देवाही गोनाहीको उपप्रमुख परनिया देवी युवा नेता उपेन्द्र साह, वाहिद अन्सारी, महिला नेतृ देवकी नेपाल, युवा विद्यार्थी निवेश यादव सहितका एमालेका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समितिको लागि रौतहटमा ३६ जना मतदाता रहेका छन् । काँग्रेस, एस र माओवादीको गरी २४ मतदाता गठबन्धन संग रहेको हुँदा जिल्ला समन्वय समिति रौतहटमा नेपाली काँग्रेस गठबन्धनको विजय सुनिश्चित रहेको बताउदै नेपाली काँग्रेस जिल्ला सभापति सुनिलकुमार यादवले १२ गतेको औपचारिकता मात्रै बाँकी रहेको स्पष्ट पारे ।

लोकप्रिय