रौतहटको माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न ।

रौतहट १० असार ।

रौतहटको माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न गरिएको छ । शिक्षा स्वास्थ्य कृषि रोजगार माधव नारायणको समृद्धिको आधार मुलनाराका साथ नगर सभा सम्पन्न गरिएको छ । ४५ करोडको बजेट सहित माधव नारायण न.पा. नगर प्रमुख बैजनाथ (बैजु) यादवले आर्थिक वर्ष २०७९।०८०को निति तथा कार्यक्रम प्रस्तुत गर्दै सातौ नगरसभा सम्पन्न गर्नु भएको हो ।

राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूकाे समझनामा एक मिनेट माैन धारण गरिएको थियाे । नगर सभाका सभाअध्यक्ष तथा माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ (बैजु) यादवले माधव नारायण नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को लागि ४५ करोडको अनुमानित वजेट प्रस्तुत गरेको छ । संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण नगर प्रमुख बैजनाथ (बैजु) यादवले प्रस्तुत गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम नीति तथा योजनाहरुको योजना पारित गरिएको छ् ।

नगर सभामा नगरउपप्रमुख निर्माला रमन, निमित प्रमुख प्रशासकीय अधिकृत जियालाल यादव सहित सवै वार्डका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वार्ड सदस्य, नगरिक समाजको प्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

लोकप्रिय