दिपेन्द्र रजक
रौतहट ११ असार ।
रौतहटमा चोरीको घटनामा वृद्धि भएको छ । शुक्रबार राति रौतहटको फतुवा बिजयपुर नगरपालिकाको पेटभर्वामा ३ वटा घरमा सेन फोरेर लाखोको चोरी भएका छ्न ।
फतुवा बिजयपुर नगरपालिका वाड न ६ पेटभर्वामा राती लगभग १ बजेको समयमा बिलट रजक, होरिल रजक, बिरेन्द्र यादवको घरमा सेन फोरेर घरमा रहेको लाताकापडा मोबाईल गर गहना गरि लाखौंको चोरी भएका छन् ।
घरहरुमा सेन फोरेर चोरहरु चोरी गरे पछि चोरहरु सरमन रजकको मोटरसाईकल चोरेर लगिरहेको समयमा थाह भए पछि होहला गरे पछि चोरहरु भागेका छन् । घटनाको बारेमा थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।