रौतहट १२ असार
रौतहटमा जिल्ला समन्वय समितिको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ । जिल्ला समन्वय समिति रौतहटमा गठबन्धन उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् । आइतबार गौरमा भएको निर्वाचनमा काँग्रेस, समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित निर्वाीचत भएका हुन् ।
१८ स्थानीय तह रहेको रौतहटमा सभापति पदका उम्मेदवार रामअयोध्या यादवले कुल २६ मत प्राप्त गरी निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा समाजवादीका महेश बैठा २५ मत प्राप्त गरेर निर्वाीचत भएका हुन् । सदस्यमा काँग्रेसका अशोक कुमार झा, ईन्दु देवि, बिजुलिया पाश्वान र शेख मोज्जमिल २५÷२५ मत ल्याएर निर्वाचित भएका छन् ।
अन्य सदस्यहरुमा समाजवादीका किरण देवि पण्डित, सरफलाल यादव र माओवादीका महिला सदस्य कमला ढकाल निर्वाचित भएका छन् ।आइतबार भएको निर्वाचनमा ३१ मत मात्र खसेको थियो ।