सितलपुरका किसानलाइ सहज सिंचाई पु¥याउन वडा अध्यक्ष यादवले गरे निरिक्षण ।

रौतहट २७ असार ।

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा न.२ सितलपुरका किसानलाइ सहज सिंचाई पु¥याउन वडा अध्यक्ष अनिरुद्ध राय यादवले गरे निरिक्षण गरेका छन् । सितलपुरको टेह्रा पट्टी चौरीतिर स्थानीयस्तरमा परापूर्वकालदेखि अरुवा नदी बाट जलस्रोतको उपयोग गरी किसानहरू आफैंले सिँचाइको व्यवस्था गर्ने गरेका थिए । उक्त नदी बाट पैनी निर्माण गरी खेतमा सिंचाइ गर्ने गरेका थिए ।

हाल त्यो पैनीलाइ स्थानियहरु माटोले पुरेपछि सिंचाइमा अवरुद्ध भएको छ । पानीको अभावमा धानबाली सबै सुक्न थालेका छन् । यदि त्यो पैनी सञचालनमा भएको भए किसान लाइ यस्तो हालत हुँदैनथ्यो । त्यही पैनी पुनः सञ्चालन गराउन वडा अध्यक्ष यादव सहितको स्थानिय कृषकहरुको टोलीले अनुगमन तथा निरिक्षण गर्न त्यहाँ पुगेको थियो । उक्त क्षेत्रमा सिँचाई नहुँदा किसानहरु आकाशे पानीको मात्रै भर पर्छन् । तर, त्यो पनि नहुँदा समस्या हुने गरेको छ ।
सिँचाई नभएकै कारण सितलपुरको उक्त क्षेत्रका किसानहरु चिन्तित छन् । सिंचाई अभावका कारण खेती किसानीमा समस्या हुने गरेको स्थानियहरुले बताएका छन् ।

सो क्षेत्रमा सिंचाई पुर्याउन र पैनी सञ्चालन अगामी अर्थिक वर्षमा जसरी पनि गराउने वडा अध्यक्ष यादवले स्थानिय किसानहरु लाइ आसवासन दिनु भयो । वषौं पहिले सञ्चालनमा रहेको र हाल त्यो पैनी जिर्ण अवस्थामा पुगेको बताउँदै आफूले उक्त पैनीलाइ जिर्णोद्धार गर्ने बताए । आफनो वडाको किसानसम्म सहज सिंचाई पु¥याउनका लागि हर सम्भव प्रयास गर्ने बताउनुभयो ।
सो अवसरमा स्थानिय मनिष यादव,नरेश यादव,भोला पासवान स्थानिय किसानहरु,भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय