आगलागीबाट पिडित परिवारलाई देवाही गाेनाही नपाका मेयर र उप मेयरले गरे राहत सहयोग ।

रौतहट २८ असार ।

रौतहट जिल्लाकाे देवाही गाेनाही नगरपालिकामा विद्युत शर्ट भएर आगलागी हुँदा लाखौ मूल्य बराबरको क्षति भएको छ ।देवाही गोनाही नगरपालिका वडा नं. ६ कर्कच निवासी बन्हु महताे काेइरीकाे छाेरा अन्दाजी वर्ष ४२ का बिरेन्द्र महतोको फुसले छाएको घरमा मंगलबार बिहानै करिब साढे सात बजेकाे समयमा अचानक आगलागी हुदा करिब ६ लाख ८० हजार बराबरको मालसमान जलेर नष्ट भएको हाे । आगलागीमा तीन ओटा फुसको घर, घर भित्र राखिएको अन्नपात लत्ताकपडा विद्युतीय उपकरणहरु, खानेकुराका तथा घरमा भएका फर्निचरका समानहरु पूर्ण रुपमा जलेर नष्ट भएको पिडितले बताए हुन । आगलागीबाट पडित भएका परिवारलाई देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह र उप प्रमुख परनिया देवी पटेलले संयुक्तरूपमा खाद्यान्न समाग्री सहयाेग गरेका हुन ।नगर प्रमुख साह र उपप्रमुख पटेलले पिडित महताेलाई खाद्यान्न समाग्री चामल दुई बाेरा दाल १५ केजी प्रेसर कुकर दुई वटा,कराई एक वटा, थाल तीन वटा डाडु एकवटा, पानी पिउने लाेटा गिलास, ग्यास चुल्हो तथा तथा सिलिन्डर अन्य भाडा वरतण र साडी तीन सेट सर्ट पाइन्टका कपडा तीन सेट सुटकाे कपडा तीन सेट तिर्पाल २ पिस लगाएत किचेनमा प्रयाेगमा हुने प्राय सबै समाग्री हस्तान्तरण गरेका हुन । पिडितकाे घरमा तिनवटा छाेरी दुईवटा छाेरा बुढाबुढी गरि जम्मा सातजना सदस्य रहेको भन्दै घरकाे लागि नगरपालिकाले गर्नुपर्ने सहयोग गरिने नगर प्रमुख साहले बताउनु भयाे । साहले अबको केही दिनमा मनसुन सक्रिय हुने भएकाले घरबाट बिचल्लीमा परेका पिडित परिवारकाे घरकालागि आफुले छिटो भन्दा कदम चालिने बताए ।त्यस्तै माओवादी केन्द्रकाे तर्फबाट वडा अध्यक्ष प्रत्यासी पवन ठाकुरले राहत समाग्री बितरण गरेका थिए। राहत समाग्री बितरणमा नगरपालिकाका नि:प्रमुख प्रसाशकिय अधिकृत मनाेज कुमार यादव वडा नम्बर ६ का नव निर्वाचित वडा अध्यक्ष बिष्णु दास तत्मा ,निवर्तमान वडा अध्यक्ष अनिल झा,माओवादीकाे तर्फबाट वडा अध्यक्ष प्रत्यासी पवन ठाकुर वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साह पत्रकार र स्थानीयहरुकाे उपस्थितिमा राहत समाग्री बितरण गर्नु भयाे ।

   

लोकप्रिय