Home मुख्य समाचार जिल्लाकै उत्कृष्ट अनलाईन न्युज पोर्टलको रुपमा मधेश प्रदेश अनलाइन सम्मानित ।

जिल्लाकै उत्कृष्ट अनलाईन न्युज पोर्टलको रुपमा मधेश प्रदेश अनलाइन सम्मानित ।

जिल्लाकै उत्कृष्ट अनलाईन न्युज पोर्टलको रुपमा मधेश प्रदेश अनलाइन सम्मानित ।

रौतहट, १ साउन ।

रौतहटबाट विगत १ दशकदेखि सञ्चालित मधेश प्रदेश अनलाइन जिल्लाकै उत्कृष्ट अनलाईन न्युज पोर्टलको रुपमा सम्मानित भएको छ ।
नेपाल इस्चिीयुट अफ मास कम्युनीकेसन प्रा.ली.ले बाराको कलैयामा आयोजित मधेश प्रदेश मिडिया अवार्ड “२०७९” समारोहका बिच मधेश प्रदेह अनलाइन उक्त उपाधिबाट सम्मानित भएको हो । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अंसारीले मधेश प्रदेश अनलाइनका प्रबन्ध निर्देशक अभिमनु कुमार पटेललाई प्रमाण पत्र प्रदान गरेर सम्मानित गरेका हुन् ।
१ दशकभन्दा लामो समयदेखि सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका क्षेत्रका प्रत्यक्ष जनतासँग सरोकार राख्ने विषयवस्तुहरुको बारेमा जनतालाई सुसुचित गराउनुका साथै सम्बन्धीत निकायलाई खबरदारी समेत गर्दै आएको मधेश प्रदेश अनलाइन उत्कृष्ट अनलाईन न्युज पोर्टलको उपाधिबाट सम्मानित भएको हो ।
मधेश प्रदेश अनलाइनका प्रबन्ध निर्देशक अभिमनु कुमार पटेलले १ दशकदेखिको योगदानको मूल्यांकन गरेकोमा खुशी व्यक्त गर्दै आयोजकलाई आभार प्रकट गरे । साथै पटेलले अनलाईन सञ्चालन गर्नु कुनै ठूलो कुरा नभएर त्यसलाई स्तरीय ढंगले निरन्तरता दिनु चुनौतीपुर्ण भएको बताए ।
मधेश प्रदेश अनलाइनलाई विभिन्न आरोह अवरोहका बिच पनि स्तरीय ढंगले निरन्तरता दिँदै आएको बताउँदै पटेलले सञ्चार क्षेत्रको सुदृढीकरण एवम् सञ्चारकर्मीहरुको क्षमता अभिबृद्धिका लागि राज्यको ध्यानाकर्षण समेत गराएका छन् ।

नेपाल ईन्सिचिउट अफ मास कम्युनिकेसन प्रा.ली.का अध्यक्ष आनन्द शर्माको अध्यक्षतामा भएको मधेश प्रदेश मिडिया अवार्डमा विभिन्न विधामा २० जना पत्रकार एवम् सञ्चार संस्थालाई सम्मानित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here