रौतहटमा नहरमा डुबेर एक जना बालकको मृत्यु ।

रौतहट ९ साउन ।

रौतहटमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको वृन्दावन नगरपालिका–६ को शेख मनिरका ८ वर्षीय छोरा शेख जबि उल्ला रहेका छन्।

उनको आफ्नै घर नजिक नहरमा डुबेर आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लोकप्रिय