Home मुख्य समाचार कटहरियामा नगर प्रमुखले करारका कर्मचारी हटाएर ज्यादती गरेको भन्दै शान्तिपूर्ण धर्ना

कटहरियामा नगर प्रमुखले करारका कर्मचारी हटाएर ज्यादती गरेको भन्दै शान्तिपूर्ण धर्ना

कटहरियामा नगर प्रमुखले करारका कर्मचारी हटाएर ज्यादती गरेको भन्दै शान्तिपूर्ण धर्ना

रामप्रवेश बैठा,रौतहट,१२ साउन ।
राैतहटकाे कटहरिया नगरपालिकामा नगरप्रमुख अजयप्रकाश जयसवालले करारका कर्मचारी हटाएर ज्यादती गरेको भन्दै शान्तिपूर्ण धर्ना जारी रहेकाे छ । नगरपालिकाले करार तथा ज्यालादारी कर्मचारीहरुको म्याद थप नगरि अवकाश दिएकाे छ । कराराका कर्मचारी हटाउँदा सेवा प्रवाहमा ढिलासुस्ती भइ सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाकाे कामकाज समेत प्रभावित भएको छ । कटहरिया नगरपालिकाको सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारीलाइ एकैचोटी अवकाश दिदाँ सेवा प्रभावित भएको छ ।
कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुको म्याद यसै आ.व. २०७९।८० को श्रावण महिनादेखि थप नगर्ने निर्णय गरे पश्चात स्थानीय तहमा लामो समय देखि कार्यरत योग्य र सक्षम कर्मचारीहरु निराश भइ नगरपालिका प्रमुख र नगरप्रशासन प्रति आक्रोशित भएको देखिएकाे छ ।
कटहरिया नगरपालिकाकाे करारका कुनै पनि कर्मचारीको म्याद थप नगर्ने सूचना जारी गरेको प्रति कर्मचारीहरु आफूहरु प्रति अन्याय भएको भनि गुणासो गरेका छन् ।
काम गर्न योग्य,सक्षम तथा अनुभवी कर्मचारी हुँदा हुँदै निर्वाचन पिच्छै परिवर्तन हुने स्थानियतह प्रमुखहरुको गलत सोच तथा आफना कार्यकर्तालाइ मात्र भर्ना गर्ने सोचका कारण सक्षम र योग्य कर्मचारीहरु कामकाज बाट मुक्त हुने र विना प्रक्रिया आफना आफन्त ,नातागोता,पार्टी कार्यकर्ताको भर्नाले फेरी केहि महिना सेवाप्रवाहमा ढिलासुस्ती भइ सोवाग्राही मर्कामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here