खोटाङ १५ साउन।
खोटाङमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिए । भूकम्पको धक्का पूर्वी नेपालमा समेत महसुश भएको हो, भने काठमाडौंमा सामान्य धक्का महसुश गरिएको केन्द्रले जनाएको छ ।