कृष्ण तिवारी
राैतहट,१५ साउन ।
राैतहट प्रहरी द्वारा आत्महत्या न्यूनीकरण सम्वन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साे कार्यक्रम गरिएको हाे ।
समुदाय-प्रहरी वडा समिति ५ नम्बर वडा गरूडा नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय मातहत ईप्रका शिवनगर प्रहरीको सहयोगमा साे कार्यक्रम गरिएको थियाे ।
आईतवार जिल्लाकाे गरूडा नगरपालिका वडा नम्बर ५ स्थित रहेको महम्मदपुर टोलमा सोही वडाका वडा अध्यक्ष रामबिनाेद साहको अध्यक्षतामा जनचेतनामूलक कार्यक्रम गरिएको थियाे ।
आत्महत्या सम्बन्धी जनचेतनामूलक कार्यक्रममा ईप्रका शिवनगरका ईन्चार्ज स्थानिय, भद्र-भलादमी, बुद्धिजिवी, महिलहरु समेत गरी अन्दाजी २५ जनाको सहभागिता रहेकाे थियाे ।