सप्तकोसी नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह ।

सप्तरी १७ साउन ।
सप्तकोसी नदीमा पानीको सतह बढेपछि सप्तरीको तटबन्ध छेउका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले पानीको अत्यधिक चाप रहेको जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र मध्यकोसीमा रहेको वडा नम्बर १३ गोबरगाढामा ‘हाई अलर्ट’ गरिएको जानकारी दिए । सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको छ । मंगलबार बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको छ । कोसी ब्यारेजका ३२ वटा ढोका खोलिएको छ ।

लोकप्रिय