रौंतहट १८ साउन ।
रौतहटको कटहरिया नगरपालिका र माधवनारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा हुनुभएका प्रमुख प्रशासकिय अधिकृत उप सचिव किरण निधि तिवारीले बुधबारका दिन दुवै नगरपालिकाको कार्यालयमा हाजिरी गर्नुभएको थियो । उप सचिव तिवारीलाई कटहरियाको नगर प्रमुख अजय प्रकाश जयसवाल र माधवनारायण नगरपालिकाको नगरप्रमुख बैजु प्रसाद यादवले आ आफ्नो नगरपालिकामा फुलमाला लगाई स्वागत गरेका थिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह र नगर उप प्रमुख रिता देवी यादव तथा समाजसेवि युवा नेता जवाहरलाल यादव सहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए । कार्यालयका आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उपसचिव तिवारीले सुशासन कायम गर्दै कटहरिया नगरपालिकामा प्रभावकारी सेवा संचालन गर्ने बताए । उनले कटहरिया नगरपालिकालाई सबै क्षेत्रमा अब्बल बनाउने पनि बताए । आफूले २०५४ साल देखी जागिर गर्दै करिव २५ वर्षको अनुभव भएको बताए । यसअघि काम गरेका सबै पालिकामा स्मरणयोग्य काम गरेको बताउदै जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगमा कटहरियालाई पनि १ नम्बरको पालिका बनाउने उनको भनाइ थियो । यो भन्दा पहिला भोजपुर जिल्लाको साल्पा सिली चौक गाउपालिका बाट सरुवा भइ अहिले कटहरिया र माधवनारायण नगरपालिकामा आउनुभएको उप सचिव तिवारी बताए । देशका विभिन्न स्थानीय तहमा काम गरेको लामो अनुभव छ । रौतहटको गुजरा नगरपालिका स्थापनाकालमा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कामगरेको र जिल्ला बिकाश समिति गौर, जिल्ला प्रशासन कार्यालय रौतहट,कुलेखानिको ईन्द्रसरोवर गाउपालिको प्रमुख प्रशासकिय अधिकृतको रूपमा काम गरेको उप सचिव तिवरीले बताए । सो कार्यक्रममा कर्मचारी र जनप्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।