रुपेश यादव ,रौतहट १९ साउन ।
रौतहटकाे फतुवा विजयपुर नगरपालिकाको एक प्रहरी चौकीमा उद्धघाटन समारोह सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर १० दुधिअवा स्थित रहेको प्रहरी चौकीमा विभिन्न योजना अन्तर्गत सम्पन्न भएको भवनहरुको उद्धघाटन गरिएको छ । प्रहरी चौकी दुधिअवामा रहेको भवनको कम्पाउण्ड,मेस, बाथरुम, तथा मोटरसाइकिल ग्यारेज भवनको विहिवार उद्धघाटन गरिएको छ ।
आज एक एक कार्यक्रमका बिच मधेश प्रदेश सरकारका गृह तथा संचार मन्त्री भरत प्रसाद साहले उद्धघाटन गर्नु भएको छ । मधेश प्रदेश सरकार आन्तरिक मामिला तथा संचार मन्त्रालयको बजेट बाट ४० लाख ७१ हजारमा सो योजनाहरू निर्माण भई आज उद्वघाटन गरिएको गृह तथा सञ्चार मन्त्रालय मधेस प्रदेश सरकार ईन्जिनियर दिपेन्द्र महराले जानकारी गराउनु भयो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथीको रुपमा फतुवा विजयपुर नगरपालिकाकी उपमेयर अमबेया खातुन,अतिथी प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही,सशस्त्र प्रहरी बल नेपाल रौतहट जिल्ला प्रमुख सशस्त्र प्रहरी उपरिक्षक ध्रुव कार्की रह्नु भएको थियो । कार्यक्रमको सभाध्यक्षता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक वीर बहादुर बुढा मगरले गर्न भएको थियो ।
सो अवसरमा प्रदेश सांसद प्रत्यासी शेष शेराजुल अन्सारी,इलाका प्रहरी कार्यालय विजयपुरका इन्सपेक्टर सुरेन्द्र धमला,वडा नम्बर १ का वडा अध्यक्ष विजय यादव,वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादव, विभिन्न राजनैतिक पार्टिका पार्टि प्रतिनिधी,सञ्चारकर्मी,स्थानिय भद्र भलादमी सहित सयौंको संख्यामा मानिसहरुको उपस्थिती रहेको प्रहरी चौकी दुधिअवाका इन्चार्ज दशरथ बैठा जानकारी गराउनु भयो ।