लालबकैया नदीले कटान गर्न थालेपछि स्थानीयहरू त्रसित ।

हनुमत कु . यादव, राैतहट,२३ साउन ।
रौतहट जिल्लाको पुर्व पट्टि बागमती र पश्चमी पट्टि रहेको लालबकैया नदीको कटान शुरु भएको । वर्षेनी बाढको पानीको करण कटान हुने गरेको छ । जिल्लाको राजदेवी,गौर र माधवनारायण नगरपालिकामा बागमती र लालबकैया नदीमा आएको बाढीले कटान सुरु गरेको छ । बागमतीले राजदेवी र माधवनारायण र लालबकैयाले गौर–४ स्थित लालबकैया बानेश्वर मन्दिरको पश्चिमतर्फ र राजदेवी वार्ड न.६ सेढवा र वार्ड न.९ ब्रहमपुरी सिमाना बिच कटान सुरु गरेको हो ।

कटानपछि बस्ती डुबानमा पर्ने भन्दै स्थानीय वर्षेनी त्रास,बलिनालीको क्षति भुगतादै आएका छन् । कटान गरेको क्षेत्रमा बोरा, बासको पायलिङ राखेर अस्थायी रुपमा रोकथाम गर्न स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । राजदेवी नगरपालिकाको वडा नम्बर १ र ६ मा पर्ने क्षेत्रमा वाग्मतीको बाढीले धमाधम कटान गरिरहेको नगर प्रमुख भिखारी प्र. यादवले बताएका छन् । कटान रोक्न अहिले स्थानीय र सुरक्षाकर्मी खटिएको छ ।

कटान रोक्न वाग्मती लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुरले ठूलो परिमाणमा बोरा पठाएको छ । अहिले बोरा र बाँसको पायलिङ राखेर अस्थायी रुपमा रोक्ने प्रयास भइरहेको छ । नदी गहिरो भएकाले बोरा राख्न नसकेको स्थानमा बाँस राखेर कटान रोक्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताएका छन् ।

राजदेवी नगरपालिकामा बागमती नदिले कटान गरिरहेको ठाउ बाट बान्ध (सपर) १५ मिटर मात्र दुर रहेको र यता माधवनारायण नगरपालिका– ८ रजवाडा र ९ गहढो भगवानपुरस्थित बाँधभन्दा १० मिटर पूर्व वाग्मती नदीले तीव्र रुपमा कटान सुरु गरेको छ । स्थानीय तहले पनि कटान क्षेत्रमा बोरामा बालुवा राखेर रोक्न सहयोग गरिरहेको छ । वर्षेनी बर्खाको बेला दुवै नदीले डुबान र कटानको समस्या हुँदै आएको छ । यही समस्याबाट नदी छेउका स्थानीय लामो समयदेखि त्रासमा छन् । गत वर्ष बौधीमाई,राजदेवी र परोहा नगरपालिकाको तेजापाकड क्षेत्रमा लालबकैया नदीले झन्डै सय मिटर बाँध कटान गरेको थियो ।

राजदेवी नगरपालिकाका नगरप्रमुख यादवले कटान गरेको क्षेत्रमा स्थायीरुपमा नियन्त्रण गर्नुपर्ने बताए । राजदेवी – ६,९ स्थित ब्रह्पुरी,कटरवन र सेढवा बीच कटान सुरु गरेपछि निरीक्षण गर्न गएका नगरप्रमुख यादवले भने, ‘बर्सेनि कटानले स्थानीयलाई त्रासमा परेको छ । केन्द्रीय सरकारले स्थायी नियन्त्रणको प्रयास गर्नु पर्छ । बोरा राखेर अस्थायी नियन्त्रण गरेर मात्र हुँदैन । यसले निकट भविष्यमा ठूलो दुर्घटना निम्त्याउँछ ।

बाढीबाट हुने धनजनको क्षति रोक्न तत्कालीन जल उत्पन्न प्रकोप विभाग ८ नम्बर डिभिजनमार्फत भारत सरकारको सहयोगमा दुई दशकअघि बागमती र लालबकैया नदीको दुवैतिर ४४ किलोमिटर बाँध निर्माण गरिएको थियो । कटानले बाँध समेत खतरामा परेको छ ।

लोकप्रिय