रौतहट २३ साउन ।
रौतहट जिल्लाको सदरमुकाम गौर ब्यारक फिलडमा आयोजित एमाले पार्टीको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सरकारले प्रतिनिधीसभा तथा प्रदेश सभाको चुनावको मिति घोषणा गरे सँगै विभिन्न पार्टीका नेता कार्यकर्ताहरू आफ्नो पार्टी प्रतियाग गरी एमालेमा प्रवेश गर्नेहरुको क्रेज नै बढेको छ ।
मन्तव्य राख्दै नवप्रवेशी गौर नगरपालिका पुर्व नगर प्रमुख अजय गुप्ताले गौर नगरपालिकाका वर्तमान नगर प्रमुख शम्भू साह शासक शौलीमा विभिन्न कार्यालयका कर्मचारी, स्कुलहरुका प्रधानाध्यापक, शिक्षक लाई विधार्थी अगाडि नै झार झपट गरी शिक्षक समुदायका अस्तित्वमा ठेस पुर्याई रहेको उनले बताए । फर्क प्रसंगमा बोल्दै भने रौतहटका मसिहा मान्ने राष्ट्रीय नेता एवम पुर्व प्रधानमंत्री माधव कुमार नेपालले प्रधानमंत्री पदमा पनी रहेर जिल्लाको लागी केही उपलब्धि वा कुनै किसिमको ठोस बिकास गर्न सकेका छैन । विकास कार्य गर्न प्रधानमंत्री भन्दा अरु कुनै ठुला पद हुदैन तर वाहा प्रधानमंत्री भएर एवम दुई पटक रौतहट जिल्लाको क्षेत्र नं १ बाट विजयी भएर पनी केही गर्न सकेका छैन ।
जिल्ला सदरमुकाम गौरमा अन्य पार्टी त्यागेर नेकपा एमाले प्रवेश गर्नेहरुको ताँती नै लागेकोे थियो ।
एमाले अध्यक्ष केपी ओलीले हजारौं भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गराएका हुन् । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय गुप्ता,अर्का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य चन्दन साहलाई पुर्व प्रधानमंत्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनु भएको हो ।
त्यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव राजेश चौधरी र गढीमाइ नगरपालिकाकी पूर्व उपमेयर सुभद्रा गुप्ता पनि एमालेमा प्रवेश गर्नुभएको छ । नवप्रवेसीहरुलाई अध्यक्ष ओलीसहित सचिव रघुबीर महासेठ अविर माला लगाएर एमालेमा स्वागत गर्नुभएको छ ।