Home मुख्य समाचार समाजवादी प्रेस संगठन रौतहटको प्रथम जिल्ला अधिवेशन सम्पन्न ।

समाजवादी प्रेस संगठन रौतहटको प्रथम जिल्ला अधिवेशन सम्पन्न ।

समाजवादी प्रेस संगठन रौतहटको प्रथम जिल्ला अधिवेशन सम्पन्न ।

रौतहट २५ साउन ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल रौतहटको जिल्ला अध्यक्षमा दिनेश यादव चयन भएका छन् । समाजवादी प्रेस संगठन नेपाल रौतहटका तर्दथ समिति अध्यक्ष मदन ठाकुरको अध्यक्षतामा बुधबार सम्पन्न जिल्ला अधिवेशनले यादवको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा गौर नगरपालिकाका नगरप्रमुख शम्भु शाह रह्नु भएको थियो भने विशिष्ट अतिथीहरुमा रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही,रौतहटका सशस्त्र प्रहरी प्रमुख ध्रुव बहादुर कार्की,अनुसंधान प्रमुख मुकुन्द खडका रहनु भएको थियो ।
नवगठित संगठनको उपाध्यक्षमा कृष्णा तिवारी, महिला उपाध्यक्षमा रजनी झा, सचिवमा चन्चल झा, सह—सचिवमा रुपेन्द्र पटेल,विमलेश कुमार झा र कोषाध्यक्षमा रौशन चौधरी चयन भएका छन् ।
यस्तै, संगठनको सदस्यहरुमा प्रविण कुमार शर्मा,मदन ठाकुर,प्रेमचन्द्र झा,शैलेन्द्र गुप्ता,प्रविण टिवडेवाल,अजित कर्ण,सावन यादव लगायतका रहेका छन् । जिल्लाको सदरमुकाम गौरमा भएको प्रथम जिल्ला अधिवेशन बाट नयाँ कार्य समिति चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here