जनकपुरधाम, २५ साउन ।
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत बालवीर ठाकुरको निधन भएको छ । प्रशासकीय अधिकृत ठाकुरको हृदयघातका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ४५ वर्षीय ठाकुर २०७८ मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय धनुषामा हाजिर भई कार्यरत थिए । जिल्ला प्रशासन कार्यालय धनुषाका ८र९ जना कर्मचारीहरूसमेत भाइरल ज्वरो आएका कारण होम आइसोलेसनमा रहेको प्रजिअ पौडेलले बताए । सभार टुडेपाटी ।